Logo
Logo

असई थमन विक हत्या प्रकरणः निलम्बित जसपा मधेश सांसद शर्माको निलम्बन फुकुवा


0
Shares

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय निर्धारण भएपछि निलम्बित जसपा नेपालका मधेश प्रदेश सांसद अभिराम शर्माको निलम्बन फुकुवा भएको छ ।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद हाल वि.स. २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो । उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेका उनी साधारण तारेखमा रिहा भएपछि मधेश प्रदेश सभाले उनको वैशाख २६ गते निलम्बन फुकुवा भएको सूचना जारी गरेको छ ।

‘…सर्वोच्च अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ (२) बमोजिम प्रदान गरिएको सुविधाका आधारमा निज प्रतिवादीबाट दर्ता गरिएको पुनरावेदन पत्रानुसार सम्मानित सर्वोच्च अदालतले निज अभिराम शर्मालाई मिति २०८३/०८/२३ गतेको साधारण तारेखसमेत दिएकोले मधेश प्रदेश सभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम निज मधेश प्रदेश सभा सदस्य अभिराम शर्मालाई आज मिति २०८३/०६/२६ गते देखि लागू हुने गरी माननीय सभामुखज्यूबाट निलम्बन फुकुवा गर्नु भएकोले जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ प्रदेश सभाका सचिवा बासु प्रसाद कोइरालाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्