Logo
Logo

तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु


441
Shares

काठमाडौं ।  मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ ।

The current image has no alternative text. The file name is: jagadish-scaled.jpg

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले टेलिकम इञ्जिनियर निरज गुप्तासँग भिडियो कलमार्फत सेवा शुभारम्भमा खुसी व्यक्त गर्दै दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने सरकारको प्रयास सफल हुँदै गएको बताए ।

चार हजार ३५० मिटर उचाइमा अवस्थित तिलिचो रुटमा माइक्रोवेभ प्रविधिबाट टुजी र फोरजी सेवा विस्तार गरिएको हो । अब यस क्षेत्रमा रहेका पर्यटक, व्यवसायी तथा स्थानीयवासीले सहज रूपमा डिजिटल भुक्तानी, आफन्तसँग सम्पर्क, र आपतकालीन उद्धारका लागि संचार सेवा उपयोग गर्न सक्नेछन्।

इञ्जिनियर गुप्ताका अनुसार, फोरजी सेवाले पर्यटन प्रवर्द्धन, व्यवसाय सञ्चालन, स्वास्थ्य संकटमा उद्धार र स्थानीयलाई डिजिटल पहुँचमा सहुलियत दिनेछ । तिलिचो ताल विश्वकै उच्च स्थानमा अवस्थित तालहरूमध्ये एक हो, र संचार सेवा विस्तारले यो क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्