काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पूर्णरूपमा तयार रहेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा भएको उक्त बैठकमा निर्वाचनको वातावरण र सुरक्षा व्यवस्थाबारे छलफल भएको थियो । राष्ट्रपति कार्यालयका अनुसार, सुरक्षा निकायका प्रमुखहरूले विगतमा चुनौतीपूर्ण अवस्थामा समेत सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको उदाहरण प्रस्तुत गर्दै निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।
बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य मन्त्रीहरूको उपस्थिति थियो ।














