Logo
Logo

हिजो हामीलाई आतंककारी भन्थे, अहिले जेनजीलाई: प्रचण्ड


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले शनिवार एक कार्यक्रममा बोल्दै आफूलाई विगतमा आतङ्ककारी भनिनेजस्तै अहिले जेन-जीलाई पनि आतङ्ककारी भनिएको दाबी गरे । 

The current image has no alternative text. The file name is: prachand-4.gif

उनले भने, ‘देशमा दुई थरी विचार छन् । एउटा विचारले तपाईँहरू (जेन–जी) लाई आतङ्ककारी भनिरहेको छ । तपाईँहरूको आन्दोलनलाई आतङ्ककारीको आन्दोलन भनिन्छ ।’ 

दाहालले केही पार्टी र नेताहरूले यस्तो आरोप लगाएको बताए । उनले भने, ‘तपाईँहरूलाई आतङ्ककारी भन्दा मन दुख्छ ।’ उनले विगतमा उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको हकहितका लागि आफूले आन्दोलन गर्दा पनि यस्तै आरोप खेपेको स्मरण गरे । ‘हिजो हामीलाई पनि आतङ्ककारी भनिन्थ्यो,’ उनले भने । जेन–जीले आफ्नो कुरा बुझ्छन् कि बुझ्दैनन्, त्यो आफूलाई थाहा नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्