Logo
Logo

अनामनगरमा एक युवतीद्वारा आत्मदाह प्रयास


1.1k
Shares

काठमाडौं । काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिवार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।

The current image has no alternative text. The file name is: aathmadha.jpg

अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  पौडेलसहित अर्का एक युवक पनि घटनामा घाइते भएका छन् । धन बहादुर गिरी नाम गरेका युवकसहित पौडेललाई अहिले कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । 

महिलाले आफैँलाई जलाउने प्रयास गरेको भन्ने खबर पाएपछि प्रहरीको टोली पुगेको थियो । उक्त स्टुडियो गायक बबुल गिरीको रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्