Logo
Logo

राष्ट्रिय जेनजी पार्टीले दियो दल दर्ताको निवेदन


693
Shares

काठमाडौं । राष्ट्रिय जेनजी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । हिराप्रसाद सोती उर्फ किरण विक अध्यक्ष रहने गरी आयोगमा उक्त नामको दल दर्ताका लागि निवेदन परेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले क्रस खुकुरी निर्वाचन चिह्नको मागसहित दल दर्ताका लागि निवेदन आएको जानकारी दिए ।

त्यस्तै जेनजी पार्टीको उपाध्यक्ष मुना विक, महासचिव गोपाल आचार्य तथा सचिवहरू सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ रहेको जनाइएको छ ।

सोती बुटवलबाट जेनजी आन्दोलनमा भूमिका निभाएका युवा अभियन्ता भएको बताइएको छ । उक्त पार्टीको प्रारम्भिक केन्द्रीय कमिटी २१ जनाको रहने बताइए पनि सदस्यहरूको नाम खुलाइएको छैन । उक्त पार्टीको कार्यालय ठेगाना अनामनगर उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्