Logo
Logo

बालेनले भने-रगत पिएर अरूलाई लुसिफर भन्छौँ, लाज लाग्दैन ?


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति तीखो कटाक्ष गरेका छन् । बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर शाहले भदौ २३ र २४ गतेका घटनालाई लिएर नेताहरूमाथि व्यङ्ग्य गरेका हुन् ।

The current image has no alternative text. The file name is: balen-shah.jpg

उनले तुइन र काठको पुल बनाउने नेताहरूले नै देशलाई विदेशीले बिगारेको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको उल्लेख गरे । उनले लेखेका छन्, ‘भिसा पाउन तिमीहरूकै घर धाउनुपर्छ, तर अरूलाई एजेन्ट भन्छौ !’ जेनजीहरूको आन्दोलनमा देशभरको अवस्था एमालेले कांग्रेसलाई र कांग्रेसले एमालेलाई दोष लगाउने गरेको उनले बताए । उनले थपे, ‘आफ्ना बालबच्चालाई दोष दिएर चियाको समयमा रगत पिएजस्तो गर्छौ, अरूलाई लुसिफर भन्छौ !लाज लाग्दैन ?’

प्रतिक्रिया दिनुहोस्