Logo
Logo

भाइटीका लगाउँदा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन


3.7k
Shares

बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ । बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो ।

The current image has no alternative text. The file name is: tanbahadur-kc.jpg

राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।

केसीको निधनप्रति मातृ पार्टी नेकपा ९मसाल० का महामन्त्री मोहनविक्रम सिंहले  विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्