
एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएपछि इजरायली सेनाले गाजाका विभिन्न भागमा गरेको आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको हो ।
अलजजिराका अनुसार मंगलबार भएका यी आक्रमणहरू अक्टोबर १० मा युद्धग्रस्त क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको युद्धविराम लागु भएयता भएका सबैभन्दा ठूलो हिंसात्मक घटनामध्ये एक हो ।
हमासको सशस्त्र इकाई ‘कसम ब्रिगेड्स’ले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै बेपत्ता बन्दीको शव हस्तान्तरण गर्ने योजना स्थगित गर्ने चेतावनी दिएको छ ।











