Logo
Logo

एनसेल र सामसङबीच सहकार्य: चाडपर्वमा घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतसम्म छुट


189
Shares

काठमाडौँ । एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूका लागि सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको व्यवस्था गरेको छ। यस सहकार्यअन्तर्गत ग्राहकहरूले टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा अतिरिक्त छुट प्राप्त गर्नेछन्।

चाडपर्वको अवसरमा सामसङले प्रदान गर्दै आएको नियमित छुटमा एनसेलका ग्राहकहरूले थप १२ प्रतिशतसम्म अतिरिक्त छुट पाउनेछन्। यससँगै ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्नेछन्। ग्राहकले पाउने अतिरिक्त छुट (५%, ८% वा १२%) उनीहरूले प्रयोग गरिरहेको प्याक वा रेन्टल प्लानमा निर्भर हुनेछ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा यस सहकार्यलाई औपचारिक रूप दिइएको हो। ग्राहकलाई थप लाभ प्रदान गर्ने र उनीहरूको सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीको साझा प्रतिबद्धतालाई यस सहकार्यले प्रतिबिम्बित गरेको छ।

यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ। ग्राहकहरूले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ (Partnered Services) सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी देशैभरिका सामसङका आधिकारिक बिक्री केन्द्रहरूबाट यो सुविधा लिन सक्नेछन्।

सहकार्यबारे टिप्पणी गर्दै एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने, “एनसेलमा हामीले सधैँ कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राखेका छौँ। यसै प्रतिबद्धताअनुरूप चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यले हाम्रा ग्राहकलाई विश्वासिलो ब्रान्डका उपकरण खरिद गर्दा थप लाभ पुग्नेछ र चाडपर्वको खुसी अझ बढाउनेछ भन्ने विश्वास लिएका छौँ।”

यस साझेदारीले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङको गुणस्तरीय उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ। यसले ग्राहकहरूको खरिद अनुभवलाई थप सहज र लाभदायी बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्