Logo
Logo

नेपालमा सामाजिक सञ्जाल बन्द नहुने : सञ्चारमन्त्री


819
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।

The current image has no alternative text. The file name is: jagdish_kharel.jpg

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिसँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाल आजको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्ने कुनै योजना सरकारको नभएको बताए ।

उनका अनुसार सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने होइन, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा सरकार अघि बढिरहेको छ । “सामाजिक सञ्जाल अब नयाँ पुस्ताको मुख्य सञ्चार माध्यम बनेको छ, त्यसैले यसलाई जिम्मेवार र सकारात्मक बनाउन सबै पक्षको सहकार्य आवश्यक छ,” मन्त्री खरेलले भने ।

मन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता प्रक्रियालाई व्यवस्थित गर्न सूचना विभागमार्फतै गर्ने व्यवस्था मिलाइएको जानकारी पनि दिए । उनका अनुसार सो सम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित भइसकेको छ र केही दिनभित्र राजपत्रमा प्रकाशित हुने तयारीमा छ ।

सरकारले नयाँ मूलधारका सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खरेलले डिजिटल मिडियाको सुदृढीकरणका लागि आवश्यक कानुनी संरचना तयार पारिने बताए ।

प्रतिक्रिया दिनुहोस्