काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी हुन् ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।















