बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसबासामा राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र पैदलयात्रीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा बसका ५ यात्रू घाइते भएका छन् ।










