Logo
Logo

हुप्सेकोट प्रहरी चौकी जलाएको आरोपमा ७ जना पक्राउ


378
Shares

नवलपरासी । भदौ २४ गते हुप्सेकोट प्रहरी चौकी जलाएको आरोपमा सात जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनीहरूलाई बिहीबार अदालतबाट चार दिनको म्याद थपिएको छ । अन्य निजी घर जलाउनेहरुविरुद्ध भने प्रहरी कार्यालयमा निवेदन आएको छैन ।

पूर्वी नवलपरासीमा गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकाकाका मेयर र उपमेयरको घर जलाइएको थियो । प्रदर्शनकारीले हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको निजी घर जलाएर ध्वस्त पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्