Logo
Logo

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना


189
Shares

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ । सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष हिरामणि दाहाल, पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक दोर्जे तामाङसहित सात जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीले उनीहरुविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । रजिस्ट्रारको कार्यालय गण्डकीको छानबिन प्रतिवेदनअनुसार पदाधिकारी र कर्मचारीको गठजोडमा काल्पनिक खाता खोली, ऋणका नाममा रकम निकालेर, सुरक्षण कोष दुरुपयोग गरी बचतकर्ताको रकम अपचलन गरिएको पाइएको हो ।

ठगीबाट आर्जित रकम निजी सम्पत्तिमा लगानी गरिएको र घटना लुकाउन मिलानको नाटक गरिएको पाइएको छ । वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सिफारिस गरेको छ । २०५९ वैशाख १२ मा विजय महर्जनको अध्यक्षतामा स्थापना भएको यो सहकारीमा हाल ३,०५६ शेयर सदस्य छन् ।

२०८२ जेठ १४ सम्मको कारोबारलाई आधार बनाएर छानबिन गरिएको हो । पोखरामा सूर्यदर्शन, प्राइम, विन्ध्ववासिनी, मित्रमिलन, इमेज, बलिदानीजस्ता सहकारीका ठगी प्रकरण अनुसन्धानमै छन् ।

प्रतिक्रिया दिनुहोस्