Logo
Logo

जेनजी अगुवालाई बाबुरामको सुझाव: विचार गरेर राजनीतिमा लाग्नुस


252
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा.बाबुराम भट्टराईले जेजनी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले काठमाडौंमा बिहीबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले जेनजीलाई राजनीतिमा धेरै कुरामा ख्याल गर्न सुझाव दिएका हुन् ।

जेनजी अगुवालाई सुझाव दिँदै भट्टराईले भने, ‘ राजनीतिमा ख्याल गर्नू । सबै दृश्य मात्र हुँदैन । अदृश्य पनि धेरै कुरा हुन्छ । अहिले जोसमा सबै गर्दिन्छौ जस्तो त लाग्छ । तर, वास्तविकतामा सोचेजस्तो त्यस्तो हुँदैन । हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ । त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ ।’

उनले  भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौँ । आधा अहिले भरौँ, आधा भर्दै गरौँला भनेर लेख्यौँ । संविधान जारी भएकै दिन बाहिर आएर मैले बोलेको थिएँ । यो आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । अहिले सङ्घीयता लगायतका कुरा फ्याँक्ने हैन । बरु त्यो अपूर्ण छ । त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमशः सुधार्नुपर्छ भनेर लाग्नुपर्छ भनेको थिएँ ।’

पुरानो शक्तिले यो सम्भव छैन भने पनि नयाँ चाहिन्छ भनेर १० वर्षदेखि वैकल्पिक शक्तिका लागि आफूहरू लडिरहेको उनले बताए । ‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरू तीनवटा टाउकाले १० वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौँ । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईँहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्