Logo
Logo

बालेनविरुद्ध युवा सङ्घले दियो साइबर ब्यूरोमा उजुरी


189
Shares

काठमाडौं । नेकपा एमाले निकट युवा सङ्घले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा सङ्घका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

The current image has no alternative text. The file name is: ujuri.jpg

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा सङ्घले उजुरी दिएको हो । साइबर ब्यूरोका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । उजुरी दर्ताको प्रक्रियामै रहेको जनाइएको छ । 

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्