Logo
Logo

सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले


252
Shares

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: swornim.jpg

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्दै वाग्लेले भने, “गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो, सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो । थिती बसाल्न तपार्इँहरुले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ ।”

साना तिना काम गर्न स्थानीय तह छन् भन्ने जनतामा बुझाउन लागेको बताउँदै उनले आफू सांसद हुँदा इमानदार प्रयास गरेको उल्लेख गरे। दमौली खानेपानी उपभोक्ता संस्थाबाट सहयोगको आग्रह गरिएपनि विगतमा सरकारमा नहुँदा बजेट राख्न नसकिएको वाग्लेको भनाइ थियो । उनले भने, “खानेपानी जस्तो संवेदनशील विषयमा विगतमा पनि सहयोगको आग्रह गर्नुभएको थियो, सांसदको एकसुको पनि बजेट थिएन । निजी सहयोगकर्ता, दानवीर खोज्दै जाँदा केही सहयोग गर्न सक्यौँ ।”

संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले तीन हजार ८०० निजी धाराबाट २५ हजार बढी जनसङ्ख्याले खानेपानी सुविधा पाइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्