Logo
Logo

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह


315
Shares

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल टानले विदेशी पर्यटकलाई अनिवार्य रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सकार्ड लिएर सुरक्षित पदयात्रा जाने व्यवस्था गर्नुपर्ने बताएको छ ।

The current image has no alternative text. The file name is: manag-tourist.jpg

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी विदेशी पर्यटकको हकमा अनिवार्य रुपमा टिम्स कार्ड लिएर मात्र सुरक्षित पदयात्रामा जाने व्यवस्था गर्न र नेपाली पदयात्रीको हकमा पदयात्रासम्बन्धी यथेष्ट जानकारी लिई तयारीसहित पदयात्रामा जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो ।

टानले पदयात्री तथा पदयात्रामा खटिने श्रमिकको सुरक्षाका लागि सुरु गरिएको टिम्सको पूर्ण रुपमा कार्यावयन हुन नसक्दा पदयात्रामा जाने विदेशी पर्यटक तथा सहयोगी सदस्यको गन्तव्य तथा लोकेशनको पहिचान गर्न र आवश्यक खोजी तथा उद्धार गर्न नसकिएको बताएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले विना पूर्वतयारी र विना पथप्रर्दशक पदयात्रामा जाने प्रवृत्तिका कारण स्वदेशी पदयात्रीले समेत विपद् तथा लेक लाग्ने समस्याका कारण ज्यान गुमाउने क्रम बढ्दै गएको बताए।

टानले पर्यटकको एकीकृत तथ्याङ्कको अभाव, समय सापेक्ष प्रविधिको प्रयोगमा संकुचनता, विपद् न्यूनिकरणका पूर्ण तयारीको अभाव, तत्काल खोज तथा उद्धारका लागि स्रोत र साधनको अभाव आदिका कारण विपद्का समयमा खेल्नुपर्ने भूमिका अपेक्षाकृत रुपमा खेल्न नसकिएको बताएको छ ।

टानले अस्वभाविक भारी वर्षा तथा अस्वभाविक भारी वर्षा तथा हिमपातका कारण मनास्लु क्षेत्र, रोल्वालिङ क्षेत्रलगायतका पर्यटकीय गन्तव्यमा पिक आरोहण तथा पदयात्राका क्रममा ज्यान गुमाउने आरोही, पदयात्रीहरु तथा पथपर्दशकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भईरहेका सम्पूर्ण पर्यटक, पथप्रर्दशक तथा सहयोगीको शीघ्र पहिचान, उद्धार एवम् सकुशल घर फीर्तिको कामना समेत गरेको छ । साथै, खराब मौसमका कारण सृजित बिपका कारण घाईते भएका सम्पूर्णप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्