Logo
Logo

‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पित


189
Shares

काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक आज लोकार्पित भएको छ।

The current image has no alternative text. The file name is: chalachitra_patrakar.jpg

सो पुस्तक चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित गरिएको हो । लोकार्पण कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) , चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष जनक कार्की, चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरु शान्तिप्रिय, कुवेर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा. नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल लगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरिएको थियो।

बोर्डका अध्यक्ष डिसीले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै खोजी पत्रकारिताले यस क्षेत्रमा अझ स्थान पाउनुपर्नेमा जोड दिए । पत्रकार सङ्घका अध्यक्ष बलामीले चलचित्र पत्रकारितालाई शुद्धीकरण गर्दै व्यावसायिक तुल्याउने र नयाँ पुस्तालाई सक्रिय बनाउने प्रयास भइरहेको बताए ।

कार्यक्रममा चलचित्र पत्रकारिताका खोजी पत्रकारितासँग सम्बन्धित विषयमा विचार मन्थन पनि भएको थियो। छलफलमा पत्रकारहरूले कुनै निश्चित चलचित्रको प्रचारक नभई पत्रकारिताका सिद्धान्त अनुसार स्वतन्त्र रिपोर्टिङ गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्