काठमाडौं । गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । रिपोर्ट अनुसार, टर्की सरकारले शुक्रबार नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो ।

इजरायलले यसको कडा विरोध गरेको छ । इजरायली विदेशमन्त्री गिदोन सारले इजरायलले यी आरोपहरूको कडा निन्दा गर्ने बताउँदै सबै आरोप पूर्ण रूपमा अस्वीकार गरेको बताएको छ । उनले भने-‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको नयाँ जनसम्पर्क अभ्यास हो ।’
इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्तिमा कुल ३७ संदिग्धहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरिएको छ । यद्यपि, पूर्ण सूची जारी गरिएको छैन । यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर समावेश रहेको बताइएको छ । टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवता विरुद्धको अपराधु गरेको आरोप लगाएको छ । टर्कीले इजरायलले गाजामा’ व्यवस्थित नरसंहारु गरेको बताएको छ ।











