Logo
Logo

धनुषामा गहना लुट्ने उद्देश्यले छिमेकी महिलाको हत्या


189
Shares

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलमा गहना लुट्ने उद्देश्यले एक महिलाले आफ्नै छिमेकीको हत्या गरेको खुलासा भएको छ ।

The current image has no alternative text. The file name is: Arrest-1.jpg

६२ वर्षीया चन्द्रकलादेवी दासको सोमबार राति खेतमा हत्या भएको थियो । उनको शव मंगलबार राति घरदेखि करिब पाँच सय मिटर टाढा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।

हत्या आरोपमा स्थानीय ४५ वर्षीया पवित्रीदेवी मण्डललाई पक्राउ गरिएको छ । प्रहरीले उनको साथबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार ९फुर्सा० र लुटिएका गरगहना बरामद गरेको छ ।

प्रतिकारका क्रममा मृतक महिलाले पवित्रीको हातको औंला छिनिदिएकी थिइन् । यही औंला छिनिएको आधारमा घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अनुसार पवित्रीले गहना लुट्ने योजनाअन्तर्गत चन्द्रकलालाई खेतमा बोलाई हत्या गरेकी थिइन् । उनलाई कर्तव्य ज्यान मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्