Logo
Logo

५ हजार कैदीबन्दी अझै फरार, झन्डै ५ सय हतियार फिर्ता हुन बाँकी


315
Shares

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये हालसम्म ९ हजार ४ सय ४१ जनालाई फिर्ता गराइएको छ भने ५ हजार १३ जना अझै फरार रहेको गृह मन्त्रालयले जनाएको छ।

The current image has no alternative text. The file name is: omprakash-.jpg

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दीको सूची सार्वजनिक गरेर खोजी भइरहेको जानकारी दिए।

यस्तै, आन्दोलनमा लुटिएका झन्डै १२ सय हतियारमध्ये हालसम्म ७ सय १८ थान फिर्ता भइसकेका छन्। प्रहरी युनिटमा ४ सय ६५ क्षति पुगेकोमा ४ सय ४८ युनिट सञ्चालनमा आएका छन्।

यसबीचमा ४ सय २९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न १ सय ६८ जनामाथि मुद्दा लगाइएको छ। गृहमन्त्री अर्यालले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौती मान्दै, सरकार स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस्