Logo
Logo

हङकङ हुँदै यात्रा गर्ने नेपालीलाई अब ‘ट्रान्जिट भिसा’ नचाहिने


567
Shares

काठमाडौँ । हङकङ सरकारले नेपाली राहदानीधारकका लागि ठूलो राहतका रूपमा ट्रान्जिट भिसा अनिवार्यताको नियम हटाएको छ। यो व्यवस्था भोलि नोभेम्बर १५ देखि लागू हुने नेपाली महावाणिज्य दूतावास, हङकङले जनाएको छ।

The current image has no alternative text. The file name is: hpnkong-airport.jpg

अब नेपाली नागरिकले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो देशतर्फ यात्रा गर्दा वा नेपाल फर्कँदा ट्रान्जिट भिसा लिनु पर्नेछैन ।

दूतावासका अनुसार निरन्तर कूटनीतिक पहल र औपचारिक अनुरोधपछि चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले २००५ जुनदेखि लागू गरिएको भिसा–बाध्यता हटाउने निर्णय गरेको हो।

ट्रान्जिट भिसा अनिवार्यताका कारण लामो समयदेखि नेपाली यात्रुले अनावश्यक झन्झट र अप्ठ्यारो सहनुपरिरहेको थियो। नयाँ निर्णयले हङकङमार्गी यात्रालाई सहज र सुगम बनाउने अपेक्षा गरिएको छ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै अत्यधिक व्यस्त विमानस्थलमध्ये एक मानिन्छ।

प्रतिक्रिया दिनुहोस्