Logo
Logo

मतदाता नामावली सङ्कलनका लागि ५ दिन म्याद थप


378
Shares

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनका लागि ५ दिन म्याद थप गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली सङ्कलनको म्याद ५ दिन थप गरिएको जानकारी दिएका हुन् ।

The current image has no alternative text. The file name is: Nirwachan-Aayog.jpeg

‘प्रधानमन्त्री र सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न आयोगलाई सुझाव दिएका थिए । मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मङ्सिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्