Logo
Logo

अमेरिकाको ३३औँ सांगीतिक भ्रमणमा राजेशपायल, आज डल्लासमा प्रस्तुत हुँदै


13.7k
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई आज अमेरिकाको डल्लासमा प्रत्यक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रममा लागि उनी त्यहाँ पुग्दा आयोजकले भव्य स्वागत गरेका थिए । उनलाई आयोजक संस्थाका संयोजक राजेश केसीलगायतले स्वागत गरेका हुन् ।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलको यो अमेरिकाको ३३औँ सांगीतिक भ्रमण हो । ‘स्टेज किङ’ उपनामले समेत चिनिएका लोकप्रिय गायक राजेशपायल नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक व्यस्त गायक पनि हुन् । उनी देश–विदेशमा उत्तिकै व्यस्त रहँदै आएका छन् । राजेशपायलले झण्डै आधा समय विदेश उडानको क्रममा आकाशमै बिताउँदै आएका छन् ।

सांगीतिक यात्राको क्रममा २७औँ पटक हङकङ पुगेका छन् । कतिपय राजेशपायल राई हङकङ मात्र जाने गायक भनिएपनि त्योभन्दा पनि बढी ३३औँ पटक अमेरिकाको सांगीतिकयात्रा गरेर राजेशपायलले नेपाली कलाकारमाझ रेकर्ड राखेका छन् ।
यसपटक राजेशपायल राई विजुली इन्टरटेनमेन्ट, डल्लासको आयोजना रहेको ‘लाइभ इन राजेशपायल राई’ कार्यक्रममा प्रस्तुत हुन उनी त्यहाँ पुगेका हुन् । ‘राई इज किङ’को सांगीतिक क्रेजलाई मध्यनजर गर्दै सांगीतिक कार्यक्रमका लागि निम्ताइएको आयोजकले जनाएको छ ।

त्यसो त राजेशपायल राई जहाँ पुग्छन्, त्यहाँ सांगीतिक धमाका मच्चिने गरेको छ । आफ्ना लोकप्रिय गीतसँगै प्रस्तुती शैलीका कारण गायक राजेशपायल राई देशविदेशमा चर्चित छन् । करिब साढे तीन दशकको सांगीतिक यात्रामा राजेशपायलको क्रेजमा कुनै कमी आएको छैन । अझ बढ्दै गएको छ ।

हजारौँ लोकप्रिय र चर्चित गीतहरुसँगै राजेशपायल नेपाली सांगीतिक क्षेत्रको ‘मागास्टार’ भइकन पनि उनीमा कुनै अहँमता र घमण्ड छैन । त्यसैले पनि उनी बालकदेखि बृद्धसम्म सदावहार लोकप्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्