Logo
Logo

कैलाली अदालतमा तोडफोड र आगजनी गर्ने तीन जना पक्राउ


315
Shares

काठमाडौं । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका छन् ।

उनीहरुले भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, मुद्दाका सक्कल मिसिल, कम्प्युटर लगायतका सूचना प्रविधि उपकरणमा आगजनी र तोडफोड गरेका थिए ।

सोही घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले दिएको जाहेरीका आधारमा उनीहरूलाई धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्