काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरिएको छ । आज दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ । पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । संस्थापन फागुन २१ को चुनावपछि महाधिवेशन गराउने पक्षमा छ । महामन्त्रीद्वयलगायतका इतरसमूह चुनावअघि नियमित महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा छन् ।











