Logo
Logo

च्यासलमा एमाले सचिवालय बैठक जारी 


189
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा  सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान गरेका थिए । बैठकमा मङ्सिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने छ ।

The current image has no alternative text. The file name is: yamale-6.jpg

बैठकमा महाधिवेशन आयोजनाका लागि उपसमिति  निर्माण, आमनिर्वाचन, मधेशको राजनीतिक घटनाक्रम, मङ्गलवार बारामा भएको घटनाको समेतमा छलफल हुने जनाइएको छ । एमालेले आगामी मङ्सिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट गर्दै छ । 

प्रतिक्रिया दिनुहोस्