Logo
Logo

यस कारण अमेरिकाबाट डिपोर्ट भए ३५ जना नेपाली 


2.6k
Shares

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं ओर्लिएका ३५ जना नेपाली नागरिकहरूसँग प्रहरीले सोधपुछ गरेको छ ।बुधवार साँझ चाटर्ड विमान मार्फत काठमाडौं आइपुगेकाहरूसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरेका हुन् । 

The current image has no alternative text. The file name is: deport.jpg

डिपोर्ट भएका मध्ये ३३ जना मानव तस्करको पञ्जामा परेर तल्लो बाटो हुँदै अमेरिका पुगेको खुलेको हो । एक जना विद्यार्थी भिसामा गएर काम गरेको भेटिएपछि डिपोर्ट भएका हुन् । अर्का एक जना भिजिट भिसामा गएर लुकेर बसेपछि डिपोर्ट भएका खेलेको हो ।  

प्रहरीले उनीहरूलाई गिरोह विरुद्ध जाहेरी दिन आग्रह गरेको छ । डिपोर्टमा हुनेमा सबैभन्दा धेरै दाङ, रुकुम पूर्व र पश्चिमका छन् ।अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । अमेरिकी प्रशासनले यसअघि पनि नेपालीहरूलाई डिपोर्ट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्