Logo
Logo

धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना, १४ जना घाइते


315
Shares

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा माइक्रो बास दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिब ०६ः३० मा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हायास अनियन्त्रित भई करिब ६०-७० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाख्रिवासका इन्चार्ज सइ नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्