Logo
Logo

काठमाडौंमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)


1.2k
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा शान्तिपूर्ण जनप्रदर्शन सुरु गरेको छ । प्रतिगामी षडयन्त्रविरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज बागमती प्रदेश कमिटीले शान्तिपूर्ण जनप्रदर्शन गरेको हो ।

एमालेले प्रतिनिधिसभाको पुनस्र्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको हो । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा वडा, पालिका, जिल्ला तहबाट जनपरिचालन कार्यक्रम गरिसकेको जानकारी दिए ।

गत असोज ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ गते देशैभरीका वडाहरुमा एमालेले वडा भेला गरेको थियो । २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय ¥याली र कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्ला स्तरीय जनसभा आयोजना गरिसकेको छ ।

गौतमका अनुसार एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने ¥याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताए । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्