
मोडलिङ गर्दागर्दै फिल्मी अभिनयमा ‘डेब्यू’ गरेकी सनिशा भट्टराईलाई यतिखेर कामको चापाचाप छ भन्दा फरक पर्दैन । चलचित्र ‘१२ गाउँ’ को सफलतापछि उनको कामको रफ्तार बढेको छ । लगातार राम्रा ‘प्रोजेक्ट’ हरुमा काम गरिरहेकी उनी यतिखेर भने चलचित्र ‘छ माया छपक्कै’ को प्रमोशनमा ब्यस्त छिन् । म्युजिक भिडियो तथा फिल्मी अभिनयमा ब्यस्त रहेकी उनै मोडल तथा अभिनेत्री सनिशा भटराईसगँ रेजिना पाण्डेको जम्काभेट :
‘छ भने माया छपक्कै’ असोज ३१ गतेदेखि रिलिज हुँदैछ यस चलचित्रबाट कत्तिको आशावादी हुनुहुन्छ ?
एउटा ‘मेकर’ वा कलाकारले चलचित्र चल्छ, दशर्कले मन पराउँछन् भनेर नै बनाउने हो । यो चलचित्र राम्रो चल्छ भन्ने कुरामा म धरै आशावादी छु ।
यो चलचित्रमा नयाँपन के छ ?
चलचित्रको नयाँपनका बारेमा चलचित्रको पोष्टर हेरेर पनि अनुमान गर्न सकिन्छ । यो चलचित्रको बिषयवस्तु निकै फरक छ । के–कति फरक छ भन्ने कुरा त चलचित्र प्रदर्शनमा आएपछि दर्शकले थाहा पाइहाल्नु हुन्छ नि ।
चलचित्र प्रमोशनमा निकै व्यस्त देखिनुहुन्छ नि ?
हो, ‘छ माया छपक्कै’ चलचित्रको प्रमोशनमा छौँ । हाम्रो टिम यसैमा निकै व्यस्त छौँ ।
तपाईँलाई १२ गाउँ चलचित्रले जुन ‘हाइट’ मा ल्यायो, त्यसपछिका चलचित्रहरुले ल्याउन सकेनन् नि, किन होला ?
त्यसो त भन्न मिल्दैन । मैलै सिनेमा चाहिँ कम गरिरहको थिएँ । ‘१२ गाउँ’ पछि ‘नरसिङ्ग’ चलचित्र मात्रै गरे । त्यो चलचित्रले पनि राम्रै भएको हो । थप अरु चलचित्रहरुमा काम नगरेको भएर पनि चर्चा कम भएको मात्र हो ।
अरु कुन–कुन प्रोजेक्टहरुमा काम गर्दै हुुनुहुन्छ ?
अहिले ‘शुभ विवाह’ चलचित्रको सुटिङमा ब्यस्त छु । अन्य नयाँ प्रोजेक्टहरुमा पनि कुराहरु भइरहको छ ।
बीचमा नायक प्रदीप खड्कासँग तपाईँको ‘इन्गेजमेन्ट’ भएको भन्ने हल्ला थियो नि ?
मान्छेहरु कुरै नबुझी हल्ला गरिदिनुहुन्छ । त्यो सुनेर म पनि छक्क परे । बास्तवमा त्यो हल्ला मात्र हो, चलचित्रको लागि गरिएको ‘सुट’ थियो । त्यसलाई नै कुरै नबुझेर मान्छेहरुले ‘कभर’ बनाएर हल्ला गरियो ।
व्यक्तिगत जीवनयापनको सन्दर्भमा ‘सेलिब्रेटी’ हरुलाई गाह्रो छ है ?
गाह्रो त होइन, माया हो । तर कहिलेकाहीँ कुरा नबुझीकन हल्ला गरिदिँदा चाहिँ गाह्रो परिदिन्छ ।
कसैसँग ‘रिलेशनसिप’ मा हुनुहुन्छ कि ?
छैन । अहिलेलाई म काममा नै ‘फोकस’ छु । पढाइमा ‘मास्टर्स’ गर्ने योजना पनि बनाएको छु । यतिखेर काम र पढाइबाहेक रिलेशनसिप’ को कुराबाट टाढै छु । समय आएपछि रिलेशनसिपलाई पनि अघि बढाउँछु ।
बिचमा तपाईँले थिएटरमा पनि काम गर्नु भयो, अनुभव कस्तो रह्यो ?
हो, मैलै धैरैले रुचाएको कथा पारिजातको ‘शिरिषको फूल’ नाटकमा ‘सकम्बरी’को भुमिकामा काम गर्ने अवसर पाएको थिएँ । त्यो नाटक सोचे भन्दा धैरै चल्यो । थिएटरमा कामको प्रशंसा पनि निकै पाएँ । यो नाटक भन्दा पहिले मैलै थिएटरमा काम गरेको थिइनँ । अनुभव निकै नै रोचक रह्यो । महिनौँसम्म लाइभ गरिने रिहल्र्सन र पर्फमेन्स् ले मलाई धेरै कुरा सिकायो । यस्ता थप चर्चित नाटकहरुमा अभिनय गर्ने रहर अझै छ ।
नाटकमा काम गर्न सजिलो भयो कि चलचित्रमा ?
दुवैमा काम गर्न सजिलो भने छैन । तर अनुभवको आधारमा कुरा गर्दा चलचित्रमा काम गर्न अलि सजिलो लाग्यो किनभने बिग्रिहाल्यो भने दोहो¥याएर गर्न सकिन्छ । नाटकमा केही बिग्रियो भने दोहो¥याएर गर्न पाइदैनँ ।
छोटो समयमै दर्शकबाट तपाईले कामको प्रशंसा पाउनुको कारण के होला ?
मायाँ नै भन्छु । म एउटा कलाकारलाई यो भन्दा ठुलो अरु केही हुन सक्दैन । मेरो कामलाई मन पराइ दिनु भएको छ । काम गर्ने हौसला बढाई दिनुभएको छ, यसमा मलाई निकै खुशी लाग्छ ।
भविष्यमा सिनेमा क्षेत्र बाहेक अरु कुनै काम गर्ने योजना छ ?
अहिलेलाई सिनेमा बाहेक अरु केही योजना छैन । यही सिनेमा क्षेत्रसँग आवद्ध भएर काम गर्ने योजना छ । हेराँै के हुन्छ ? भविष्यको कुरा ।













