Logo
Logo

बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी


441
Shares

गोरखा । बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।

The current image has no alternative text. The file name is: badhi.jpg

बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको स्थानीयले जानकारी दिएका छन् । प्रहरीका अनुसार नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन  गरेर सुरक्षित स्थानतर्फ सर्न भनिएको छ । 

बिहान साढेचार बजेतिर ठूलो आवाजसहित बाढी आएपछि बासिन्दा पनि भागेका स्थानीयले बताए छन् । 

प्रतिक्रिया दिनुहोस्