Logo
Logo

दुई न्यायधीश निलम्बित

- दृष्टि न्युज/संवाददाता

काठमाडौं, १७ माघ । छानबिनमा तानिएका दुई न्यायधीश निलम्बनमा परेका छन् । न्यायाधीशहरु विश्वमंगल आत्रेय र ओमकार उपाध्याय निलम्बनमा परेका हुन् । सर्वाेच्चले ललितपुर जिल्ला अदालतका न्यायाधीश आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश उपाध्यायलाई बुधबार निलम्बन गरेको हो।

आत्रेय र उपाध्यायका सम्बन्धमा छानबिनका लागि सर्वाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ।
आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्याय परिषद्ले छानबिन समिति गठन गरेलगत्तै उनीहरु निलम्बनमा परेका हुन्।

ललितपुर जिल्ला अदालत अनुगमनका क्रममा भिएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले चलाखी गर्न खोजेको भन्दै उनीमाथि अनुसन्धान भइरहेको थियो।

यस्तै आफ्नो आचारण सुधार नगरेको र पटक(पटक परिषद्मा गम्भीर उजुरी परेपछि न्यायाधीश उपाध्यायलाई पनि न्याय परिषद् झिकाइएको थियो। विगतमा पनि कारबाहीमा परेका उपाध्यायमाथि न्याय सम्पादनका कर्ममा बिचलन देखिएको उजुरी परेको थियो।

अन्य न्यायाधीशहरु राजेश काफ्ले र महम्मद जुनेद आजादलाई ७ दिने स्पष्टिकरण सोध्ने तथा अरु न्यायाधीशमाथिका उजुरीहरु तामेलीमा राख्नेसमेत निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्