
काठमाडौं । कोशी राजमार्ग अन्तगर्त विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।
गएाति विराटनगर–३ बरगाछी चोक नजिक उनी सवार बा. प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको हो ।
रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम पु¥याएको थियो । तर, उपचारकै क्रममा आज बिहान ४ बजे खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।











