Logo
Logo

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


378
Shares

काठमाडौं । बर्दियामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका–३ पुष्पनगरमा कारले विपरित दिसाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कालिकोटको सुकाटिया गाउँपालिका–३ का २५ वर्षीय राजा आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोछरसाइकल चालक आचार्यको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार कालिकोट शुभपालिका गाउँपालिका–३ कि २३ वर्षिया निर्मला धिताल गम्भीर घाइते भएकी छन् । कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्