Logo
Logo

एमाले महाधिवेशनमा युवा संघले ५० हजार बढी युवा उतार्ने


819
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा उतार्ने घोषणा गरेको छ । युवा संघले मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सातै प्रदेशबाट कम्तीमा ५० हजार युवा उतार्ने भएको हो ।

संघका अध्यक्ष क्षितिज थेबेले भने टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्ने र त्यसका लागि संगठनका सबै कमिटीहरु परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौं र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यकाबाहेक बागमतीका १० वटा जिल्लाबाट १ हजार ५०० सयका दरले १५ हजार युवा जुटाउने युवा संघको तयारी छ ।

त्यस्तै महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेशबाट ४ हजार, गण्डकी ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १ हजार युवा जुटाउने युवा संघले जनाएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने छ भने बन्दसत्र भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्