Logo
Logo

रुकुम पश्चिममा माओवादीको भौतिक सम्पत्ति मिलेर प्रयोग गर्ने नेकपा र प्रलोपाबीच सहमति


3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र विभाजन भई नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी बनेपछि रुकुम पश्चिमका नेता कार्यकर्ताहरुले त्यहाँका भौतिक संरचनाहरु मिलेर प्रयोग गर्ने समझदारी गरेका छन् ।

तत्कालीन माओवादीको बलियो आधार क्षेत्र भएको रुकुम पश्चिममा पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी र जनार्दशन शर्माले प्रलोपा गठन गरेपछि जिल्लामा माओवादीको भौतिक सम्पत्ति ती दुई पार्टीले मिलेर प्रयोग गर्ने लिखित सहमति गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक गोविन्द रोका र प्रलोपाका संयोजक तथा आईएन फाउन्डेसनका प्रतिनिधि गोर्खबहादुर केसीले बिगतमा एउटै पार्टीमा रहेको र भविष्यमा पनि सहकार्यको सम्भावनालाई मध्यनजर गरी भौतिक संरचना प्रयोगमा समझदारी गरेका हुन् ।

समझदारीअनुसार मुसिकोट ५ सेरिगाउँस्थित शहिद स्मृति प्रतिष्ठान र स्कन्द नर्मदा फाउन्डेशन परिसरमा रहेका भौतिक संरचनासहितका सामग्री नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्ने र मुसिकोट १ खलंगास्थित नर्मदा स्मृति फाउन्डेशनको सबै संरचना प्रलोपाले मंसिर २१ गतेदेखि प्रयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्