Logo
Logo

भारतीय चुनावमा मोदीको दलले वहुमत नल्याउने मत सर्वेक्षणको रिपोर्ट


- दृष्टि न्युज/संवाददाता



भारतमा आगामी केही महिना पछि लोकसभा(संसद)को चुनाव हुँदैछ । साे चुनावमा माेदीकाे दल विजेपीकाे वहुमत नअाउने एक मत सर्वेक्षणमा जनाइएकाेछ । विजेपीलाई गत चुनावमा अप्रत्यक्ष समर्थन गर्दै आएको भारतको प्रमुख पत्रिका टाइम्स अफ इण्डियाले गरेको एक चुनावी मत सर्वेक्षणमा सो कुरा जनाइएकोछ ।

आगामी चुनावमा भारतमा त्रिशंकु संसद(हंग पार्लियामेन्ट) हुने उक्त सर्वेक्षणको निश्कर्ष रहेकोछ । त्रिशंकु संसद भन्नाले कुनैपनि दलको एकल वहुमत नभएको संसद हो ।

आगामी लोकसभा चुनावमा मोदीको भाजपाले २५२ सीट, भारतीय कांग्रेसले १४६ र अन्य क्षेत्रीय दलहरुले १४५ सीट जित्ने सम्भावना रहेको सो सवेक्षणमा जनाइएकोछ । अझै केही महिना समय रहेकोले यो सर्वेक्षण केवल अनुमान मात्र रहनेछ । तर मोदीको दलले वहुमत नल्याउने कुरामा भने सबै जसो सहमत हुन थालेको वताइन्छ ।

भारतको लोकसभामा ५४५ सीट रहेकोछ । त्यसमध्ये २ सीट राष्ट्रपतिले मनोनयन गर्दछ भने वाँकि सबै प्रत्यक्ष चुनाववाट निर्वाचित हुने गर्दछ ।

लोकसभामा जसले वहुमत ल्याउँछ, उसैले प्रधानमन्त्री वन्ने अवसर प्राप्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्