
काठमाडौं । नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दैछ । एमालेले शनिबार सुरु हुने आफ्नो एघारौँ महाधिवेशनबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको हो ।
पत्रकार सम्मेलन दिउँसाे २ बजे भक्तपुरकाे सल्लाघारीस्थित महाधिवेशनस्थलमै आयोजना गरिने एमालेले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुर र काठमाडौँमा हुने महाधिवेशनको तयारीलगायत सम्पूर्ण विषयमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनेछन् ।
एमालेले महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गर्दै छ भने त्यसपछि बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा गर्नेछ ।











