Logo
Logo

प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउन प्रलेस – थपलिया


- दृष्टि न्युज/संवाददाता


रसुवा । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ३ का इन्चार्ज खेम थपलियाले प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउन प्रलेसको आवश्यकता रहेको कुरा बताउनुभएको छ । रसुवा जिल्लाको कालिकास्थानमा अवस्थित भूमिघरमा आयोजित प्रगतिशील लेखक सङ्घ, रसुवाको तेस्रो जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रूपमा बोल्नु हुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । केन्द्रीय उपाध्यक्ष खेम थपलियाले प्रगतिशील लेखक सङ्घ सबै वामपन्थी तथा प्रगतिशील लेखक तथा साहित्यकारहरूको साझा मोर्चा भएकाले यसलाई साझा थलोकै रूपमा विकास र संरक्षण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लेख्ने कलाको विकास गर्न र आफ्नो विचारहरूलाई तल्ला तहसम्म पु¥याउन र वामपन्थी तथा प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउनको लागि यो सङ्घले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो प्रक्रियालाई अझ निरन्तरता र तीव्रता दिन आवश्यक छ । यसैले रसुवा जिल्लामा पनि क्रियाशील रूपमा अघि बढ्नको सङ्घले विभिन्न गतिविधिहरू नियमित रूपमा गरिरहन आवश्यक छ ।” इतिहासको एउटा कालखण्डमा एउटा आवश्यकताले प्रलेसलाई श्यामप्रसाद शर्माहरूको पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको उल्लेख गर्दै उहाँले प्रलेस सबै प्रगतिशीलहरू लेखक साहित्यकारहरूलाई जोड्ने पुल भएको बताउनुभयो ।

सम्मेलनमा बोल्दै माधव लामिछानेले रसुवा जिल्लामा विचार, सूचना आदान–प्रदान गर्नका लागि सञ्चार–माध्यमको अभाव खट्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समयमा प्रकाशनमा आएका साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकाहरू पनि आर्थिक अभावको कारण नियमित हुन सकेनन् । यसले गर्दा जिल्लाका जनता सूचना पाउने अधिकारबाट समेत बञ्चित हुनपुगेका छन् ।” लामिछानेले भन्नुभयो, “जिल्लाका नेतृत्वले पनि प्रगतिशील लेखक सङ्घलाई क्रियाशील गर्ने र राजनीतिक विचार जनतासामू पु¥याउनका लागि विभिन्न प्रकाशनका लागि सहयोग गर्न आवश्यक छ ।” सम्मेलनमा प्रगतिशील लेखक सङ्घ, नुवाकोटका अध्यक्ष नवदीप अजनवी, साहित्यकार धर्तिचन्द्र यात्री, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य रामकुमार न्यौपाने, अनेरास्ववियुका अध्यक्ष अर्जुन पौडेल पनि शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा स्वागत मन्तव्य राजेन्द्रले पौडेलको राख्नुभएको थियो ।
सम्मेलनले अध्यक्ष उद्धव रिजालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन पारित गर्दै उद्धव रिजालको अध्यक्षतमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः राजेन्द्र पौडेल, विश्वास नेपाली, शुष्मा न्यौपाने चयन गरेको छ भने सदस्यहरूमा क्रमशः हेमनाथ खतिवडा, शिशिरकुमार न्यौपाने, नारायणप्रसाद देवकोटा, तारानाथ न्यौपाने, कविता स्याङ्वा, जयराम आचार्य रहनुभएको छ । सम्मेलनले माधव अर्याल, इन्द्र गौतम, माधव लामिछाने, चेरुङ र धर्तिचन्द्र यात्री रहनुभएो सल्लाहकार समिति निर्माण गर्दै ११ औँ केन्द्रीय सम्मेलनको लागि नारायणप्रसाद देवकोटा, भगवती न्यौपाने, हेमनाथ खतिवडा, विश्वास नेपाली, जयराम आचार्य, शिशिर न्यौपाने, राजेन्द्र पौडेल र शुष्मा न्यौपाने केन्द्रीय प्रतिनिधिको छनौट पनि गरेको छन् ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं.३ का इन्चार्ज खेम थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रसुवाका सचिव माधव लामिछाने रहनुभएको थियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नुवाकोटका अध्यक्ष नवदीप अजनवी, सचिव रामहरि गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य एवम् नौकुण्ड गाउँपालिका सचिव रामकुमार न्यौपाने, कालिका गाउँपालिका इन्जार्च अर्जुन देवकोटालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्