
काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् ।
नयाँलाई अवसर दिने भन्दै उनीहरूले अहिले जारी केन्द्रीय कमिटी बैठकमा ११औं महाधिवेशनमा कुनैपनि पदमा प्रतिस्पर्धा नगर्ने बताएका हुन् ।
उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् । महाधिवेशन अन्तर्गत आगामी नयाँ नेतृत्वका लागि आजबाट बन्दसत्र सुरु हुँदैछ ।











