Logo
Logo

विधान महाधिवेशनको निर्णय ओलीले उल्ट्याए, पुरानै संरचनामा फर्कियो एमाले


2.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको १०औं महाधिवेशनको व्यवस्था यथावत राख्ने प्रस्ताव पारित भएको छ ।

११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको जानकारी दिए ।

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ । यससँगै एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । यता सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने विमति जनाएका छन् ।

भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्