काठमाडौं । एमालेको महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले पार्टीको उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् ।

भोलि (मंगलबार) हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदै छ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको छुट्टाछुट्टै प्यानल बनिरहेको छ ।
ओली समूहको उपाध्यक्ष पदमा प्रदीप ज्ञवालीको नाम सार्वजनिक भएको छ । तर, ज्ञवालीले उपाध्यक्ष बन्न अनिच्छा देखाएका हुन् ।
उनले यसअघि आफूले महासचिव पदमा आफ्नो दाबी रहेको बताएका थिए ।ज्ञवाली अहिले महाधिवेशनस्थलमा छैनन् । आफ्नो नाम उपाध्यक्षमा राखेपछि असन्तुष्ट देखिएका ज्ञवाली घरमै आराम गरिरहेका बताइएको छ ।











