Logo
Logo

मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ : प्रदीप ज्ञवाली


10.8k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रमुख दाबेदार उपमहासचिव प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा शङ्कर पोखरेललाई नै निरन्तरता दिने निर्णय गरेपछि ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।

The current image has no alternative text. The file name is: Pradeep-gyawali-4.jpg

एमाले राजनीतिमा लामो समय ओलीको पक्षमा उभिएका ज्ञवालीलाई विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतले महासचिवका लागि साथ दिएका थिए । तर ओली पक्षको गुण्डु बैठकमा पोखरेललाई नै महासचिव बनाउने टुङ्गो लगाएको हो ।

उनलाई उपाध्यक्षमा व्यवस्थापन गर्ने ओली पक्षको योजना थियो, तर ज्ञवालीले त्यसलाई स्वीकार गरेनन् । उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग बोल्दै ज्ञवालीले आफ्नो मन एकदमै दुखेको बताए ।

 ‘एउटै व्यक्तिलाई दोहोर्‍याएर राख्ने प्रवृत्ति ठीक भएन । म पार्टी आन्दोलनको अग्रमोर्चामा सधैँ छु,’ उनले भने, ‘पार्टीमा सबैलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण हुन्छ भन्ने लागेको थियो, तर त्यस्तो भएन । अब म पदाधिकारीबाट कार्यकर्तामा झरेको छु ।’यसैबीच, ज्ञवालीलाई महासचिव बनाउन जोड गरेका पृथ्वीसुब्बा गुरुङले भने उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशनमा अध्यक्ष पदमा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदा महासचिवमा पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने छन् ।

प्रतिक्रिया दिनुहोस्