
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न उनले राजीनामा दिएको बताइन्छ ।
०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनको सल्लाहकार बनेका थापाले राजीनामा दिएको राष्ट्रपतिको सचिवालयले पुष्टि गरेको छ । थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थापा एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए ।











