Logo
Logo

एमाले महाधिवेशनः पासाङ शेर्पाको उम्मेदवारी खारेज


2k
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ ।

बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको हो ।

कात्तिक १८ गते पक्राउ परेका शेर्पालाई अदालतले एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला गरेको थियो । कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका उनी एमालेको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्