Logo
Logo

एमाले महाधिवेशनः मतदानको समय फेरि सर्‍यो, बेलुका ७ बजेदेखि मतदान


882
Shares

काठमाडौं । एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ सात बजेदेखि मात्र मतदान हुने भएको छ ।

यसअघि दिउँसो ४ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदानमा ढिला हुने भएको हो । पार्टीको निर्वाचन आयोगले बेलुका ७ देखि राति १ बजेसम्मको मतदान तालिका सार्वजनिक गरेको छ ।

आयोगले यसअघि आजै दिउँसो २ बजेदेखि मतदान थाल्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारीका कारण मतदानको समय पछि सारिएको हो ।

विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । प्राविधिक टोलीले तयार पारेको क्रमसंख्यासहितको नामावली तलमाथि परेपछि पुनः मिलाउँदा समय लागेको एमाले निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जनाले उमेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।

काठमाडौंको भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया जारी छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्