Logo
Logo

नख्खु कारागार पुगेर राजेन्द्र लिङ्देनले भेटे रवि


315
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

The current image has no alternative text. The file name is: rajendra-linden-1.jpg

मङ्गलवार दिउँसो नख्खु कारागार पुगेर उनले लामिछानेसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ । 

मङ्गलवार दिउँसो लिङ्देन रविलाई भेट्न नख्खु कारागार पुगेका हुन् । केहीबेर अघिमात्रै रविलाई भेटेर लिङ्देन बाहिरिएका हुन् । लामिछानेलाई यसअघि पनि लिङ्देनले कारागार पुगेर भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्